कपिलवस्तु, जेठ ६ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक चासोका विषयमा सार्वजनिक निकायबाट सूचना माग्न पाउने अधिकार रहेको बताएका छन् । नियमानुसार सामाजिक संघसंस्था र कार्यालयले सूचना दिने दायित्व पनि रहेको उनले प्रस्ट पारे । सोमबार कपिलवस्तुमा सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । कपिलवस्तुका प्रमुख…