हरि शर्मा (इमेज) नवलपरासी, जेठ ७ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । कच्ची टहरोमा पोस्ट निर्माण गरेर बसेका एसएसबीले नियमित ‘ड्युटी’ पनि नेपाली भू–भागमा हतियारसहित आएर गर्ने गरेका…