२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


थारु समुदायले धुमधामका साथ अटवारी पर्व मनाउँदै


0
Shares

दाङ, भदौ ३१ । पश्चिम नेपालका थारु समुदायले आज धुमधामका साथ अटवारी पर्व मनाइरहेका छन् ।

दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अटवारी पर्व मनाउने गर्दछन् । हरेक वर्षको कृष्ण अष्टमीपछि आइतबार पारेर यो पर्व मनाउने चलन छ ।

खासगरी थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । आजको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ ।

किम्वदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भीमसँगसमेत जोडेर यो पर्वलाई मनाउने गरिएको छ ।

प्रदेश ७ मा प्रदेश सरकारले यो पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।