काठमाडौं, असोज ४ । काठमाडौ महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौंका खाली स्थानमा २० वटा पार्क निर्माण गर्ने घोषणा गरेको छ । तर आर्थिक वर्षको पहिलो त्रैमास सकिन लागिसक्दा समेत कहीँ कतै पार्क निर्माणको काम अघि बढेको छैन । सबैजसो राजनीतिक दलहरुले चुनावको बेला काठमाडौं उपत्यकालाई हराभरा बनाउने, प्रदुषणमुक्त बनाउने नारा उचालेका थिए…