नुवाकोट, जेठ १३ । जिल्ला वन कार्यालय नुवाकोटले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर–टहरामा सोमबार डोजर लगाइ भत्काएको छ । विदुर नगरपालिका–२, वनदेवीमा रहेको सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर–टहरा वन कार्यालय नुवाकोटले खाली गराएको हो । सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र सामुदायिक वन खाली गर्न आग्रह गरिएको थियो । विदुर नगरपालिका, वनदेवी र…