Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नुवाकोटमा अतिक्रमण गरी बनाइएको घर–टहरामा डोजर लगाइयो


0
Shares

नुवाकोट, जेठ १३ । जिल्ला वन कार्यालय नुवाकोटले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर–टहरामा सोमबार डोजर लगाइ भत्काएको छ ।

विदुर नगरपालिका–२, वनदेवीमा रहेको सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर–टहरा वन कार्यालय नुवाकोटले खाली गराएको हो ।

सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र सामुदायिक वन खाली गर्न आग्रह गरिएको थियो ।

विदुर नगरपालिका, वनदेवी र जिल्ला प्रशासनअगाडि अतिक्रमण गरी बनाइएका घरहरु झन्डै एक दर्जनभन्दा बढी रहेको वन कार्यालय नुवाकोटले जनाएको छ ।

पाँचओटा घरले उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ ल्याएका कारण ती घर खाली गरिएको छैन ।