Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


उपराष्ट्रपति पुन छेन्दुमा


0
Shares

काठमाडौं, असोज ३ । ६ दिने औपचारिक चीन भ्रमणकाक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए ।

उपराष्ट्रपति पुनसँग बुधबारै साँझ चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारकातर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

उनले बिहीबार छेन्दुमा ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड’सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । रासस