२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


परासीमा महिलाको प्रदर्शन, दोषीलाई पक्रन माग


0
Shares

हरि शर्मा (इमेज)

नवलपरासी, असोज ३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा बुधबार महिलाहरुले नवलपरासीको सदरमुकाम परासीमा प्रदर्शन गरेका छन् ।

रामग्रामनगर अन्तरपार्टी महिला सञ्जालको आयोजनामा निकालिएको जुलुसले बजार परिक्रमा गरेको हो ।

जुलुसमा सहभागी महिलाले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका थिए ।

जुलुसपछि आयोजित कोणसभामा सञ्जालकी अध्यक्ष सीता कुँवरले राज्यले घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा सुशासन, न्याय र कानुनी राज्यकै उपहास भएको बताइन् ।