मनिष गुप्ता (इमेज) कपिलवस्तु, असोज २४ । भारतले भगवान् गौतमबुद्ध आफ्नो भूमिमा जन्मिएको भनेर अफवाह फैलाउँदै गरेको एक कार्यक्रममा नेपालको प्रतिनिधिसभाका एक सांसद पनि सहभागी भएको खुलासा भएको छ । कपिलवस्तु-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अभिषेकप्रताप साह मंगलबार भारतले गरेको बुद्ध सर्किट राष्ट्रिय राजमार्ग ७३० को शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिकारुपमा सहभागी भएको खुलासा भएको हो…