काठमाडौं, जेठ २९ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमाथि आयोगमा तत्काल छलफल नहुने बताएका छ । बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा शर्माले समितिको पत्र आयोगले प्राप्त गरिसकेको र आयोगको बैठक बसेरमात्रै त्यसमा आधिकारिक प्रतिक्रिया दिन सकिने बताए ।…