दीपेन्द्र अधिकारी (रासस) कतार, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउन्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेकी थिइन् । उक्त फाउन्डेसनअन्तर्गत् विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सन्चालित छन् । जहाँ ९० भन्दा…