काठमाडौं, असार १७ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बढ्दो बजार, उपभोक्ताको हितजस्ता विषय नियमन गर्न विज्ञापनसम्बन्धी एकीकृतरुपमा व्यवस्था भएको विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलकाक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘क्लीन फिड’का साथै ‘होर्डिङ बोर्ड’का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत् रोक्न खोजिएको जानकारी…