काठमाडौं, असार १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको आरोपसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगले विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराइ अनियमितता…