प्रकाश लिम्बु तेह्रथुम, असार २० । तेह्रथुमको म्याङलुङ बजारमा स्थापित तिनजुरे सामुदायिक सिकाइ केन्द्रले निःशुल्क अध्ययनको व्यवस्था मिलाएपछि युवाहरु अध्ययनमा आकर्षित हुन थालेका छन् । केन्द्रले पुस्तकका साथै ई–लाइब्रेरीको समेत सुविधा दिएपछि पढ्ने मोह बढ्दै गएको हो । क्यारमबोर्ड, लुडो, बुद्धिचाललगायतका खेलमा समय कटाउने उनीहरुले तीनजुरे सिकाइ केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ज्ञानमूलक पुस्तक अध्ययनमा…