म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँट जोगाउन लगाइएको ग्याबिन पर्खाल बाढीले भत्काएपछि उक्त फाँट पुनः जोखिममा परेको छ । केही दिनअघि म्याग्दी नदीमा आएको बाढीले सो क्षेत्रको १ सयभन्दा बढी ग्याबिन जाली बगाएपछि पुनः पर्खाल लगाउने काम सुरु गरिएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २…