काठमाडौं, साउन २६ । लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका आरक्षण बचाउ आन्दोलनका सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विज्ञापनको विरोधमा आज र्यालीसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिङ्देन, दलमर्द्धन कामीसहित १४ जना रहेको प्रहरीले…