१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


बाग्लुङमा उपनिर्वाचनको तयारी सुरु


0
Shares

बाग्लुङ । निर्वाचन आयोगले मंसिर १४ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ ।

बागलुङमा मृत्युु भएको तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उप–निर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्य अन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु भएको र बागलुङको बडिगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उप–प्रमुखमा निवाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले जानकारी दिए ।

प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २४० मतदाता सहभागी थिए भने यस पटक ३६ हजार ५०० मतदाताको नामावली सङ्कलन भएको छ ।

वडातर्फ बडिगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा एक हजार ७ सय ७० मतदाता थिए भने यस पटक एक हजार ८ सय २ जनाको मतदाता नामावली सङ्कलन भएको जनाइएको छ ।

प्रदेशसभा सदस्य अन्तगत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको छ । निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ ।

प्रदेश सभा सदस्य घर्ती राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जितेका हुन् ।