११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


बाढीले पर्खाल बगाएपछि बस्ती जोखिममा


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँट जोगाउन लगाइएको ग्याबिन पर्खाल बाढीले भत्काएपछि उक्त फाँट पुनः जोखिममा परेको छ ।

केही दिनअघि म्याग्दी नदीमा आएको बाढीले सो क्षेत्रको १ सयभन्दा बढी ग्याबिन जाली बगाएपछि पुनः पर्खाल लगाउने काम सुरु गरिएको थियो ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटवन्ध गर्ने योजना छ ।

जसअनुसार रातोढुङ्गादेखि झोलुङ्गे पुलसम्म ४ सय ७० थान ग्याविन जाली भरेर पर्खाल लगाइएको थियो ।

बाढीले १ सय थान भन्दा बढी जाली बाढीले बगाएको छ । करिब २ सय परिवारको बसोबास रहेको सो फाँट वर्षायाममा सधै जोखिममा रहने गरेको छ ।