
काठमाडौं, साउन २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनैपनि देशले आन्तरिक समस्याको समाधान संवादबाट खोज्नुपर्ने बताएका छन् ।
संयुक्तराष्ट्र संस्था नेपालले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपालको परराष्ट्र नीति आर्थिक कूटनीतितर्फ लक्षित भएको बताए ।
राष्ट्रिय हितबाहिर गएर कुनै परराष्ट्र नीति नहुने भन्दै उनले आर्थिक विकास र समृद्धिमा परराष्ट्र नीति पनि केन्द्रित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्