
मानबहादुर वली/ईमेज
सुर्खेत । सुर्खेतमा रहेको एक मात्र राँगा बधशाला व्यवस्थित नहुँदा उपभोक्ताले गुणस्तरहीन मासु खान बाध्य छन् ।
सरसफाइको न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा आएको बधशालाका कारण वरपरको बस्तीमै दुर्गन्ध फैलिएपछि स्थानीय पीडित बनेका छन् ।
सुर्खेतको वीरन्द्रनगर १० बेलघारीस्थित माझिगाउँ कृषि फर्मले सञ्चालन गरेको राँगा बधशालाको मासुु खान त के हेर्न समेत घिनलाग्दो छ ।
छेवैमा फोहोरको डंगुर, मासुमा लागेका झिँगा, बधशालामा प्रयोग हुने भाँडाको हालत हालतले बधशालाको अस्तव्यस्त अवस्थालाई प्रस्टाउँछ ।
दुर्गन्धित बधशालामा तयार गरिने राँगाको मासु सुर्खेतका अधिकांश होटल रेष्टुरेन्टमा बिक्री हुन्छ ।
यसरी उत्पादन हुने मासु ग्राहकले निशंकोच खाइरहेका र नियामक निकाय पनि निष्क्रिय भइदिनाले बधशालाको सरसफाइमा ध्यान गएको छैन ।
जसको असर बधशाला नजिकका वस्तीलाई परिहेकाले आफूहरु दिक्क भएको स्थानीय सिहमत आहामतको भनाइ छ ।
बधशालाको गन्धले वरपरका करिव ३५ घर परिवारलाई पूर्ण रुपमा असर परेको छ ।
पशुुबधशाला निर्माणपूर्व प्रारम्भिक वातावरणीय परीक्षण गरी अनुुमति र इजाजत लिनुपर्ने कानुुनी व्यवस्था छ ।
तर कर्मचारीका भरमा मात्रै रहेको वधशालाले सरसरफाइको न्यूनतम मापदण्ड पनि पालना गरेको छैन ।
यहीँ बधशालाकै कारण अनेक किसिमका स्वास्थ्य समस्या झेल्दै आएको स्थानीयको गुनासो छ ।
यता बधशालाका कर्मचारी रवतुुन खान भने बजेट अभावका कारण फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बताउछन् ।
यता, वीरेन्द्रनगर नगरपालिकाले भने बधशाला अनुगमनमा चासो दिएको छैन ।
बैकल्पिक व्यवस्थापनमा योजना नबनाई कतिपय सरकारी निकायले समेत वधशालालाई आर्थिक अनुुदान दिने गरेका छन् ।
यता वीरेन्द्रनगर नगरपालिकाका अनुुगमन उपशाखा प्रमुख यामलाल गिरी भने वधशाला व्यवस्थापन गर्ने निर्देशन दिएको बताउँछन् ।
मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने यस्ता विषयमा नियामक निकाय सक्रिय भएर त लाग्नुपर्छ नै । साथमा आम उपभोक्ता पनि सचेत भई खबरदारी गर्नैपर्छ ।
प्रतिक्रिया दिनुहोस्