भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण…