२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


‘अनिवार्य शिक्षालाई जोड’


0
Shares

काठमाडौं, असोज १२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अनिवार्य शिक्षालाई जोड दिएको बताएका छन् ।

शिक्षा पत्रकार सञ्जालको आठौं वार्षिक साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पोखरेलले अनिवार्य शिक्षाले खर्चलाई बढाउने भएपनि सिकाइदरको स्तर बढाउन भने सहयोग पुर्‍याउने बताए ।

उनले धेरै निजी लगानीमा रहेको शिक्षालाई अनिवार्य ऐनले सार्वजनिक शिक्षामा लैजाने परिकल्पना गरेको बताए ।

निजी विद्यालयले पनि शिक्षाको पहुँच पुर्‍याउन गैरनाफामूलक काम गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।