नवराज छत्कुली (इमेज) धादिङ, कात्तिक २५ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा आइतबार युपी७५एजे ५३०८ नम्बरको एलपी ग्यास बुलेट पल्टँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–५ का वडासदस्य ३५ वर्षीया गीता नेपाली र उनकी १८ वर्षीया छोरी सुनिता छन् । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारकाक्रममा मृत्यु भएको हो ।…