काठमाडौं, असोज १३ । ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९३ जना सवारी चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जथाभावी सवारी साधन पार्किङ गर्ने २७९ जना, लेन अनुशासन उल्लंघन गर्ने १६४ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, अनावश्यक हर्न बजाउने ३७ जना…