२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एकैदिन एक हजार ५९३ चालक कारवाहीमा


0
Shares

काठमाडौं, असोज १३ । ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९३ जना सवारी चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जथाभावी सवारी साधन पार्किङ गर्ने २७९ जना, लेन अनुशासन उल्लंघन गर्ने १६४ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, अनावश्यक हर्न बजाउने ३७ जना र ढोका खुल्लै राखेर सार्वजनिक सवारी साधन चलाउने ३२ जना सवारी चालकलाई कारवाही गरिएको छ ।

त्यस्तै जेब्रा क्रसिङमा सवारी साधन रोक्ने ३०, अन्य विविध कसुरमा ८२८ चालक कारवाहीमा परेका छन् ।