काठमाडौं । विभिन्न आरोह–अवरोध झेल्दै ईमेज च्यानल आज २४ औं वर्षमा प्रवेश गरेको छ । नेपाली टेलिभिजनको भिडमा छुट्टै पहिचान बनाउन सफल ईमेज च्यानलले २३ वर्षअघि नेपाल टेलिभिजनको प्रभातकालीन समयमा सूचना र मनोरञ्जन कार्यक्रम प्रसारणबाट आफ्नो पाइला अगाडि सारेको हो । तत्कालिन समयमा ‘गीत बजाएर नेपालमा टेलिभिजन चल्दैन’ भन्ने मान्यतालाई चिर्दै नयाँ प्रयोग थालेको ईमेज च्यानलको…