
काठमाडौं, पुस २९ । चितवन राष्ट्रिय निकुञ्जको ‘बर्फर जोन’मा दुर्लभ सेतो चित्तल देखापरेको छ ।
मंगलबार बिहान मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा सेतो चित्तल चरिरहेको अवस्थामा देखापरेको ‘टुरगाइड’ बुद्धिष्ट मानन्धरले जानकारी दिएका छन् ।
उक्त चित्तल करिब एक वर्षको भएको अनुमान गरिएको छ ।
प्रकृतिविद् अश्बिन गुरुङकाअनुसार यस क्षेत्रमा एक वर्षअघि सेतो चित्तलका दुईओटा बच्चाहरु देखिएको थियो । मंगलबार भने एउटा पोथी सेतो चित्तल देखापरेको उनले जानकारी दिए ।
एउटा सेतो चित्तल मरेको हुनसक्ने उनको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्