नवीन सिंह (इमेज)
जनकपुरधाम, पुस २९ । मोडेल मल्टिपल कलेज जनकपुरधामको बसले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा दुई युवाको मृत्यु भएको छ ।
मंगलबार बेलुका जनकपुर–ढल्केबर सडकखन्डको लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, पर्सापकियाका २५ वर्षीय सन्तोस ठाकुर र सोही स्थानका २५ वर्षीय अनवर राई रहेका छन् ।
उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको कलेजको बसमा स्थानीय युवाहरुले आगजनी गर्दा बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनापछि स्थानीयले सो क्षेत्रमा सडक अवरुद्ध पारी विरोधमा उत्रिएका छन् ।
बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्