२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ । विस्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।…