Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सीके राउतविरुद्ध काठमाडौंमा प्रदर्शन (भिडियो)


0
Shares

काठमाडौं, फागुन २८ । सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै मातृभूमि संरक्षण नेपालले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।

देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सरकारले सहमति गर्दै हिँडेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

हनुमानढोकाबाट निकालिएको र्‍याली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर टुंगिएको थियो ।

भिडियो हेर्नुहोस्