काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरिय समिति गठन गरेको छ । कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न आयोगका सदस्य संयोजक रहेको उच्चस्तरिय समिति गठन गरिएको हो । समितिमा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेछन् । समितिले कोरोनाको संक्रमणको त्रासका कारण उत्पन्न अवस्थाबारे अनुगमन गर्ने बताइएको छ…