Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरिय समिति गठन


0
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरिय समिति गठन गरेको छ ।

कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न आयोगका सदस्य संयोजक रहेको उच्चस्तरिय समिति गठन गरिएको हो ।

समितिमा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेछन् ।

समितिले कोरोनाको संक्रमणको त्रासका कारण उत्पन्न अवस्थाबारे अनुगमन गर्ने बताइएको छ ।

समितिले कोरोनाको संक्रमणविरुद्ध लड्न सरकारी कदमहरु, उपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी सुझाव दिने बताइएको छ ।

समितिले अनुगमनलाई प्रदेश र जिल्लास्तरमा पनि प्रभावकारी बनाउने आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।