Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कैलालीमा लकडाउन उल्लंघन गर्ने १०५ जनालाई एक घण्टा सडकमा उभ्याइयो


0
Shares

कैलाली । लकडाउन उल्लंघन गरेको भन्दै स्थानीयलाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ ।

कडाउनको १७ औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा एक सय पाँच जनालाई बिना काम हिडिरहेको फेला पारेपछि सडकमा उभ्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनले दुरी कायम गर्दै सडक किनारमा एक घण्टा उभ्याएर लकडाउनबारे सम्झाइ बुझाइ गरेर एक पटकका लागि छाडिएको बताए ।