Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सांसदले गरे स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग


0
Shares

रसुवा । सांसदले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

रसुवाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले जिल्लामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

जिल्ला विपद कोषमा रहने गरी सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ४० थान पिपिई., एन ९५ मास्क ४ सय थान र पन्जा १५ सय थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदान गरिएका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

यसअघि पनि सांसद आचार्यले जिल्लालाई स्वास्थ्य समग्री उपलबध गराएका थिए ।