काठमाडौं, चैत्र २९ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कोरोना भाइरसविरुद्ध गरिएको बन्दाबन्दीमा घरबाहिर ननिस्कन सबैमा अपील गरेका छन् । कोरोनाको विश्वव्यापी महामारी नेपालमा विकराल रुपमा नफैलियोस् भन्नका लागि सरकारले लागु गरिएको लकडाउनको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरेका हुन् । एक भिडियो सन्देश जारी गर्दै राष्ट्रकवि घिमिरेले लकडाउन मानव स्वास्थ्यका लागि भएकाले यसलाई सबै मिलेर…