Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


डिआइजी बढुवाका लागि १० जनाको नाम सिफारिस, एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा


0
Shares

काठमाडों । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिसमा १० जना एसएसपी परेका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।

एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा परेका छन् भने प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

एसएसपी, बसन्तकुमार पन्त,ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी बढुवा सिफारिसमा परेका छन् ।

दरबन्दी खाली रहेको दुई महिनापछि डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेको थियो ।