काठमाडौं । यही मंसिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार (मनोनयन) उम्मेदवारी दर्ता सम्पन्न भएको छ । अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा समेत उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिनुभयो । शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तालिकामा महासङ्घको सभापतिका लागि निर्मला…