काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीका अवसरमा शुभकामना व्यक्त गर्दै विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा जारी गरेको विज्ञप्तिमा प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख छ ।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीका अवसरमा शुभकामना व्यक्त गर्दै परापूर्वकालदेखि नै विवाहपञ्चमीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहँदै आएको बताउनुभएको छ । उहाँले विवाहपञ्चमीले प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावना उजागर र अनुसरण गर्न सहयोग पु¥याउने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्