काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर जबराको ९९ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
रक्तचापमा समस्या देखिएपछि बुधबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घट्नाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘जङ्गबहादुर र राणाकालीन दर्पण’ लगायतका पुस्तकहरु प्रकाशित छन् । राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्