काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व अझ बढी…