Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


नेपाली नयाँ वर्ष आजदेखि शुरू

विश्वभरीका नेपालीले हर्षोल्लासका साथ वर्ष २०८३ को स्वागत गर्दै

156
Shares

काठमाडाैं । नयाँ वर्ष २०८३ मंगलबारदेखि शुरु भएको छ ।

नेपालीहरुले नयाँ वर्षलाई नयाँ उत्साह, उमंग र शुरुवातका रूपमा लिने गरेका हुन् । वैशाख १ गते वर्षको पहिलो दिन देशैभरी एक-आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै छ । सबै भन्दा पूरानोमध्यको एक विक्रम संवत्को नयाँ सालको मंगलबार पहिलो दिन हो । मंगलबार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन तथा वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत शाश्वत भएको जानकारहरू बताउँछन् ।

सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले यो सम्वत इश्वी सम्वत भन्दा पनि वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले मंगलबार गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र थप सफलता प्राप्त गर्न योजना निर्माण गरी संकल्प गर्दछन् । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा मंगलबार बिस्का जात्रा गरिन्छ ।