८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु


0
Shares

काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्री डाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान भएको टिप्पर दुर्घटनामा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड लिएर जाँदैगरेको ना ८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।