काठमाडौं, चैत २२ । नेपाल नेत्रहीन संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुलाई खाद्य सामग्री सहयोग गरेको छ । ‘लकडाउन’पछि दैनिकी गुजारा गर्न समस्या भएका दृष्टिविहीनहरुलाई संघले सहयोग गरेको हो । यसैक्रममा संघले शनिबार कीर्तिपुरमा रहेका ५४ जना दृृष्टिविहीनहरुलाई प्रतिव्यक्ति १० केजी चामल, एक केजी दाल, तेल, नुन र साबुन वितरण गरेको छ ।…