म्याग्दी । उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधीन मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् । निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको आयोजनामा कार्यरत करिब २ सय मजदुरले लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुँदा समेत जान नपाएको र ज्याला नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् । यहाँ…