पौडी खेल्दा दुई युवाको मृत्यु • Image Khabar Image Khabar


पौडी खेल्दा दुई युवाको मृत्यु


Imagekhabar
१९ असार २०७७, शुक्रबार २०:०६

पौडी खेल्दा दुई युवाको मृत्यु

विराटनगर, असार १९ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्