Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


समाचार भ्रामक भएको भन्दै सगुनको ध्यानाकर्षण


104
Shares

sagoon nepal america india

काठमाडौं, असार १९ । सर्च इञ्जिन सगुनले केही सञ्चारमाध्यमले आफ्नाबारेमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै प्रष्ट पारेको छ । एक विज्ञप्ति निकाली सगुनले अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार गर्न सगुनलाई अनुमति प्राप्त भएको प्रष्ट गरेको हो ।

उसले सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको पन जनाएको छ । भारतमा सगुनले कारोबारका लागि सन् २०१५ मै अनुमति पाएको पनि उल्लेख गरेको छ । त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मै दर्ता गरिएको पनि जनाएको छ ।

नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त गरे पन उनसले जनाएको छ । सगुनले शुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति नभएको तर नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठहर्‍याएका कुनै पनि कम्पनीले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको र अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको पनि उसले प्रष्ट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो । सगुन विदेशमा रहेका लाखौँ नेपाली समक्ष पुर्‍याउन उत्साहित छ । पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पुर्‍याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन ।’

यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहेको पनि सगुनले जनाएको छ ।
हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रबाट ७० लाखभन्दा बढी प्रयोगकर्ता सगुनको प्लेटफार्ममा जोडिएका र धेरै प्रयोगकर्ता नेपाल, भारत र अमेरिकामा रहेका छन् । हालसम्म विश्वभरबाट ४ हजारभन्दा बढी व्यक्तिले ६० लाख अमेरिकी डलरभन्दा बढी रकम सगुनमा लगानी गरिसकेको पनि उसले जनाएको छ । सुगनका लगानीकर्ता अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेको जनाइएको छ ।

यस्तो छ, सगुनको विज्ञप्तिको पूर्ण अंश,