काठमाडौं । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो…