बारा, असोज ५ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखहरुको क्षतिपूर्तिबापत वृक्षारोपण गर्न थालेको छ ।
नेपाली सेनाले बाराको कोहल्बी शान्तिनगरबाट वृक्षारोपण सुरु गरेको हो । फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका करिव २० हजार रुखको बदलामा नेपाली सेनाले एक रुख बरावर २५ रुख रोप्ने सम्झौता बमोजिम करिव ५ लाख बिरुवा रोप्न लागेको वृक्षारोपण कार्यदल निजगढ बाराका प्रमुख सेनानी सुशीलकुमार कार्कीले जानकारी दिए ।
स्थानीय तह, जिल्लामा रहेको डिभिजन वन कार्यालयसँग समन्वय गरी राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गाहरुको पहिचान गरी १८८ हेक्टर क्षेत्रफल वृक्षारोपणका लागि सर्वे भईसकेको छ । यसरी वृक्षारोपण गरिएको वन क्षेत्रमा तार जालीको व्यवस्था स्थानीय तह र डिभिजन वन कार्यालयले गर्ने र विरुवाको संरक्षण तथा सम्वर्द्धनको कार्य नेपाली सेनाले गर्नेछ ।
यसका लागि आवश्यक व्यवस्था मिलाइसकेको नेपाली सेनाले जनाएको छ । वृक्षारोपण गरिएको हालको स्थान विभिन्न समयमा अतिक्रमित जमिन हो ।
प्रतिक्रिया दिनुहोस्