म्याग्दीमा बाढीले बगाउँदा २ बालिका बेपत्ता • Image Khabar Image Khabar


म्याग्दीमा बाढीले बगाउँदा २ बालिका बेपत्ता


Imagekhabar
५ आश्विन २०७६, आईतवार १६:००

म्याग्दीमा बाढीले बगाउँदा २ बालिका बेपत्ता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै गएराति साढे ११ बजेतिर स्थानीय कोटखोलाको धार परिवर्तन भई आएको बाढीले बगाउँदा सुतिरहेका दुई बालिका बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा स्थानीय पार्वती परियारकी ९ वर्षिया छोरी प्रबिना र अनिता परियारकी ६ वर्षिया छोरी अनुष्का रहेका छन् ।

बाढीबाट विद्यालयसहित ७ घर बगाएका छन् । सोही ठाउँको बुद्ध एकेडेमीमा बाढी पसेपछि विद्यालयका १८ वटा कोठाहरु भत्किएका छन् ।

विद्यालयको २ करोडभन्दा बढी रुपैयाँको क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्