बागलुङ, साउन १४ । बागलुङको ढोरपाटन नगरपालिका–४, लुकुरबनमा पहिरोका कारण नौ परिवार विस्थापित भएका छन् । मंगलबार पहिरोले घरमा क्षति पुर्याएपछि नौ घर विस्थापित भएको स्थानीयले बताएका छन् । पहिरोले बस्तीनजिक चर्किएको हुँदा स्थानीयलाई छिमेकीको घर, स्वास्थ्यचौकी तथा विद्यालय भवनमा सारिएको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । वर्षाले ढोरपाटन नगरपालिकालगायत निसीखोला र…